दफा २१
असल नियतले गरेको कामको बचाउ

समिति वा पुनरवादेन समितिका सदस्य वा कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा विनियमावली बमोजिम आफ्नोे कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराबाट भएको कुनै हानी नोक्सानीको निम्ति व्यक्तिगतरूपमा जवाफदेही हुनुपर्ने छैन ।
तर कसैलाई अनावश्यक दुःख, हैरानी वा झन्झट दिने मनसायले कुनै काम गरेकोमा सम्बन्धित व्यक्ति त्यसका लागि जवाफदेही हुनु पर्नेछ ।